नागरिकता वितरणको विषयलाई सामान्य रुपमा नलिन सांसदहरुको आग्रह

जेठ २१, २०८२ बुधबार
नागरिकता वितरणको विषयलाई सामान्य रुपमा नलिन सांसदहरुको आग्रह

नागरिकता वितरणको विषयलाई सामान्य रुपमा नलिन सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवारको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गरेर नागरिकताको विषय अघि बढाउन आग्रह गरेका हुन् । उनीहरुले नेपालको छिमेकमा दुई धेरै जनसंख्या भएका देशहरु रहेको कुरा नबिर्सिन आग्रह गरे । बुधवार राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images