सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले अवरुद्ध संसद छिटै खुल्ने विश्वास व्यक्त गर्नुभएको छ । बुधवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले संसद अवरुद्ध रहेको र आज वा भोलिमै संसद सुचारु हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिपक्षहरुले छानविन समिति र गृहमन्त्री रमेश लेखकको राजीनामाको माग उठाइरहेको बताउनु भयो । जसमा सरकारले गृहमन्त्रीले उठेका प्रश्नको जवाफ दिए मात्रै पुग्ने स्थिति रहेको बताउनु भयो । आरोपका आधारमा राजीनामा माग गर्नु उचित नरहेको बताउनु भयो ।