नेकपा (एमाले) का सांसद सोनाम गेल्जेन शेर्पाले आगामी आर्थिक वर्षको बजेट संघीयताको सवलिकरणमा केन्द्रित रहेको बताउनुभएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद शेर्पाले अगामी आर्थिक वर्षको बजेटले संघीय, प्रदेश र स्थानीय सरकारबीचको कार्य विभाजन स्पष्ट पारेको उल्लेख गर्नुभयो । उहाँले तीन करोडभन्दा माथिको योजना संघीय सरकारले, एक करोडसम्मको योजना प्रदेश सरकारले र बाँकी योजना स्थानीय तहले कार्यान्वयन गर्ने व्यवस्थाले सत्ताको केन्द्रिकरणको प्रवृत्तिलाई विस्थापित गरेको बताउनु भयो ।