राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले अनुगमन तथा मूल्यांकनमा आफूहरु निर्मम भएर लाग्ने बताउनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बजेटमा तीन करोड मुनिका आयोजना नराख्न आयोगले धेरै मेहनत गरेर सफल भएको बताउनु भयो । कानूनहरु सहजीकरण गर्नका लागि बनाइनुपर्ने भन्दै बद्मास भए निर्मम तरिकाले सजाय दिनुपर्ने माग गर्नुभयो । उहाँले अब स्रोत सुनिश्चित भएका आयोजनाहरुको अनुगमन र मूल्यांकनमा आफू निर्मम हुने बताउनु भयो ।