‘टेक एण्ड पे’ विधिमार्फत विद्युत खरिद सम्झौता गर्ने नीतिले दीर्घकालीन ऊर्जा विकासमा गम्भीर असर गर्छः गणेश कार्की

जेठ २१, २०८२ बुधबार
‘टेक एण्ड पे’ विधिमार्फत विद्युत खरिद सम्झौता गर्ने नीतिले दीर्घकालीन ऊर्जा विकासमा गम्भीर असर गर्छः  गणेश कार्की

निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको संस्था स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले बजेटमार्फत लिएको हालको ऊर्जा नीतिले निजी क्षेत्रलाई निराश बनाएको बताउनुभएको छ ।  नेपाल पूर्वाधार पत्रकार समाज र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्तरूपमा आयोजित ‘पूर्वाधार क्षेत्र र कार्यान्वय’ विषयक छलफलमा उहाँले उत्पादन र खपतको सन्तुलनमा मात्र आधारित भएर ‘टेक एण्ड पे’ विधिमार्फत विद्युत खरिद सम्झौता गर्ने नीतिले दीर्घकालीन ऊर्जा विकासमा गम्भीर असर पार्ने चेतावनी दिनुभएको हो । उहाँकाअनुसार सरकारको पछिल्लो सोचमा विद्युतको खपत केवल घरायसी प्रयोजनमा सीमित राख्ने प्रवृत्ति देखिएको छ । उद्योगहरूमा डिजेल नै भए पुग्नेजस्तो वातावरण बनाइएको छ । यो दीर्घकालीन रूपमा ऊर्जा सुरक्षाका लागि घातक छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images