उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अगामी आर्थिक वर्षको बजेट यथार्थपरक अनुमानको आधारमा निर्माण गरिएको दाबी गर्नुभएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा अगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमानमाथि छलफल गर्ने प्रश्तुत गर्दै उपप्रधानमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले राजस्व र व्ययको अनुमान यथार्थपरक हुन नसक्दा बजेटप्रतिको विश्वसनीयता र कार्यान्वयनमा समस्या देखिने विगतको अनुभवको गम्भिर भएर आय र व्ययको अनुमान गरिएको उहाँको भनाइ छ । मन्त्री पौडेलले चालु खर्च घटाउने तथा पुँजीगत खर्च बढाउने गरी बजेट निर्माण गरिएको उहाँको जिकिर छ । गत आर्थिक वर्षको अर्थतन्त्रका केही तथ्यांकहरु उल्लेख गर्दै मन्त्री पौडेलले अगामी आर्थिक वर्षको बजेट कार्यान्वयनयोग्य रहेको दाबी गर्नुभयो ।