नेपाली काँग्रेसकी सांसद कमला पन्तले मुलुकमा सुशासन कायम हुन नसक्दा देश आर्थिक रूपमा संकटमा फसेको टिप्पणी गर्नुभएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । थोरै पुँजीले पनि धेरै काम गर्न सक्ने सम्भावना हुँदाहुँदै पनि सुशासन अभावको कारण मुलुकको विकास हुन नसकेको उहाँको भनाइ छ । सांसद पन्तले मुलुकको समृद्धि सत्तापक्ष र प्रतिपक्ष दुवैका लागि महत्वपूर्ण भएको उल्लेख गर्दै सुशासन कायम गर्न सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले आगामी आर्थिक वर्षको बजेटले आर्थिक सुशासन कायम गर्न ठोस र स्पष्ट प्रतिबद्धता जनाउनुपर्नेमो जोड दिनुभयो ।