नेकपा (माओवादी केन्द्र) वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट राजनीतिक, आर्थिक वित्तीय दस्तावेजका रुपमा आउनुपर्नेमा प्रशासनिक र वित्तीय दस्तावेजका रुपमा मात्रै आएको बताउनुभएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले आजको आवश्यकता सामाजिक न्यायसहित समृद्धिमा फड्को मार्ने गरी आउनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभएको हो । उहाँले बजेटले मितव्ययिताका कोणबाट सामान्य खर्च कटाउने सम्भावना र पुँजीगत खर्च कार्यान्वयनको क्षमता बढाउने चुनौतिलाई सम्बोधन गर्नेतर्फ ध्यान नदिएको आरोप लगाउनु भयो ।