राष्ट्रिय सभामा नकेपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ । बुधवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री दोषी हुनुहुन्छ भन्ने आरोप प्रतिपक्षको नभएपनि छानबिन सहज बनाउन उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बाउनुभएको हो । उहाँले भिजिटि भिसा प्रकरणमा संलग्न कर्मचारीहरूलाई सरकारले अहिलेसम्म कारबाही नगरेकोप्रति पनि प्रश्न उठमाउनु भयो ।