नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अमानवीय र दण्डनीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास हुन नसक्ने बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा बुधवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ०६२—०६३ को परिवर्तनसँगै समतामुलक समाज निर्माण गर्ने उद्देश्यले पुनःस्थापित संसदमा नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गर्ने संकल्प प्रश्ताव पनि पारित गरिएको बताउनु भयो । उहाँले धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका मानिसले ज्यानै गुमाउनुपरेको जस्ता विभेदका घटनाहरु देख्दा, सुन्दा अत्यन्तै पीडावोध हुने गरेको बताउनु भयो । नेपाललाई विभेदरहित राज्य बनाइ समतामुलक समाज सथापना गर्न पार्टीको स्थापना कालदेखि नै उद्देश्य राखेर आएको बताउनु भयो ।