उसु खेलाडी दीपक हमालले हक अधिकारको विषयमा कुरा गर्न जाँदा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेले खेल नखेले नखेल भन्दै निरुत्साहित गरेको आरोप लगाएका छन् । दीपकसहित पाँच जना खेलाडीले आफूहरूमाथि खेलकुदमन्त्री चौधरीले अन्याय गरेको भन्दै बुधवार पत्रकार सम्मेलन गरेका थिए । सोही अवसरमा १३औं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेतासमेत रहेका दीपकले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने क्रममा लागेको खर्चको भुक्तानी मन्त्री चौधरीको ठाडो आदेशमा रोकिदिएको बताए । यसबारे कुरा गर्न जाँदा मन्त्री चौधरीबाट आफूहरूले सो किसिमको जबाफमा पाएको उनको आरोप छ । खेलाडीहरूले रोकेको भुक्तानी तत्काल निकासाका लागि पनि अनुरोध गरेका छन् ।