नेपाल नम्बर एक गल्फर सदभाव आचार्यको कोर्स रेकर्डमा नेपाल ‘ए’ ले ११ औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको टिम स्पर्धामा स्वर्ण पदक जित्न सफल भएको छ । नेपाल ‘ए’ का सद्भाव र राहुल विश्वकर्माले ३६ होलको समाप्तीमा २४ अण्डर २ सय ६४ को स्कोरमा स्वर्ण जितेको हो । गोकर्ण गल्फ क्लवमा आज सद्भावले १२ अण्डर ६० को स्कोरमा नयाँ कोर्स रेकर्ड बनाए । राहुलले आज ४ अण्डर ६८ स्कोर गरे । नेपाल ‘ए’ ले आज १६ अण्डर १ सय २८ को स्कोर गर्दा भूटानलाई २४ स्ट्रोकको फराकिलो अन्तरले हरायो ।