राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ छिटो सदनबाट पारित गर्नेगरी अघि बढिरहेको बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । समितिको बैठकमा बिहीवार नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रश्तावकर्ताहरुसँग छलफल भएको हो । छलफलमा सबै सदस्यहरुको चाहना यो विधेयक छिटो सदनमा लैजानुपर्ने रहेको उहाँको भनाइ छ ।