विश्व वातावरण दिवसको अवसरमा युएनडिपी नेपालले काठमाडौंमा चित्रकला प्रदर्शनी आयोजना गरेको छ । “बिटिंग द प्लास्टिक“ नारामा केन्द्रित प्रदर्शनीमा सुशीला कला प्रतिष्ठानका विभिन्न उमेर समूहका ६० जना विद्यार्थी कलाकारका रचनात्चमक चित्रहरु राखिएको छ । वातावरणीय चुनौतिहरू मध्येको प्लास्टिक प्रदुषणले पारेको असरमा चित्रहरु केन्द्रित छन् । विश्व ताममान वृद्धि हुदै गर्दा हिमालमा परेका असरदेखि हिमाल आरोहीले प्रयोग गरेका प्लाष्टिकजन्य फोहोरले हिमाल र उच्च हिमाली क्षेत्रमा पाइने याकमा परेको असरलाई चित्रमार्फत देखाईएको छ ।