वन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्रप्रसाद मिश्रले प्लाष्टिक प्रयोग अन्त्य अभियानको नेतृत्व बालबालिकालाई दिनुपर्ने बताउनुभएको छ । उहाँले प्लाष्टिकले मानव र वातावरणमा पार्ने असरका बारेमा बालबालिकालाई जानकारी गराउँदै प्रयोग अन्त्य गर्ने अभियाानको नेतृत्व पनि उनीहरुलाई नै सुम्पिनुपर्नेमा जोड दिनुभएको हो । विश्व वातावरण दिवसको अवसरमा युएनडिपीले काठमाडौंमा आयोजना गरेको कला प्रदर्शनीको उद्घाटन गर्दे सचिव मिश्रले घरघरमा हस्तक्षेपकारी अभियान सुरु गर्न आवश्यक रहेको बताउनु भयो ।