तीन वटै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गर्न कर्मचारी संगठनको माग

जेठ २२, २०८२ बिहीबार
तीन वटै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गर्न कर्मचारी संगठनको माग

नेकपा (एमाले) निकट निजामति कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी संगठनले तीन वटै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गर्न माग गरेको छ ।  संगठनको केन्द्रिय कार्यसमितिको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै संगठनले तीन तहको कर्मचारीलाई निजामति कर्मचारको परिभाषामा समावेश गरी कर्मचारी तथा ट्रेड युनियनमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गरेको हो । संगठनले अघि सारेका मागहरु पूरा नभए चरणवद्ध आन्दोलन अगाडि बढाउने समेत बैठकले निर्णय गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images