टुरिष्ट गाइड एशोसिएशन अफ नेपालका अध्यक्ष थानेश्वर देवकोटाले पर्यटक गाइडका रुपमा काम गर्ने पथ प्रदर्शकलाई संघीय मन्त्रालय मातहत राखिनुपर्ने बताउनुभएको छ । बिहीवार आयोजित नवौं राष्ट्रिय टुरिष्ट गाइड सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष देवकोटाले हाल प्रदेश मातहत राखिँदा अन्य प्रदेशमा गएर काम गर्न असजिलो हुने भएकाले संघीय मन्त्रालयअन्तर्गत राख्नुपर्ने बताउनुभएको हो । उहाँले सम्पदा क्षेत्रहरुमा अनधिकृत गाइड कायमै रहेकोले त्यसलाई रोक्नका लागि पर्यटक प्रहरी र सम्पदा क्षेत्रका अधिकारीहरुले नियमित टुरिष्ट गाइडको लाइसेन्स चेकजाँचको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।