काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद नरबहादुर बिष्टले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद बिष्टले गृहमन्त्रीको राजीनामाको माग दोहो¥याउनुभएको हो । भिजिट भिसाको आवरणमा मानव तस्करीमा संलग्न नभएको पुष्टि नभएको कारण गृहमन्त्रीमाथि छानबिन हुन आवश्यक रहेको उहाँको भनाइ छ ।