संसद अब त खुल्नुपर्ने होः सभापति देउवा

जेठ २२, २०८२ बिहीबार
संसद अब त खुल्नुपर्ने होः सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले छिटै संसद सुचारु हुने बताउनुभएको छ । जनकपुरधाममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभापति देउवाले यस्तो बताउनुभएको हो । भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरुले संसद अवरुद्ध गरिरहेका बेलामा सभापति देउवाले यस्तो प्रतिक्रिया दिनुभएको हो । सभापति देउवाले काँग्रेस र एमालेको गठबन्धन बनेको र राम्रोसँग अघि बढिरहेको बताउनु भयो । उहाँले बजेटबाट सबैलाई खुशी बनाउन नसकिने भन्दै आलोचना हुनु सामान्य रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images