नेपाली काँग्रेसकी सांसद विष्णकुमारी सापकोटाले प्लास्टिक प्रदूषण नियन्त्रणका लागि अभियान चलाउन आवश्यक रहेको बताउनुभएको छ । बिहीवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो बताउनुभएको हो । संयुक्त राष्ट्रसंघले विश्वभर प्लास्टिक प्रदुषण रोक्न अभियान चलाएको उल्लेख गर्दै उहाँले नेपालले पनि यस विषयमा प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले फलाम, तामा, पित्तलका भाँडाकुँडा र दुना–टपरी पुनः प्रयोग गर्नुपर्ने र सम्मानस्वरूप प्रयोग हुने प्लास्टिक खादाका माला हटाएर फूलको प्रयोगलाई बढावा दिन जरुरी रहेको समेत बताउनु भयो ।