बजेटले सुशासन, सामाजिक न्याय र समृद्धि ओझेलमा पार्ने देखियोः माओवादी सांसद शर्मा

जेठ २२, २०८२ बिहीबार
बजेटले सुशासन, सामाजिक न्याय र समृद्धि ओझेलमा पार्ने देखियोः माओवादी सांसद शर्मा

नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले अगामी आर्थिक वर्षको बजेटले सोह्रौँ पञ्चवर्षीय आवधिक योजना र विगतको बजेट कार्यान्वयनको अवस्थालाई बेवास्ता गरेको टिप्पणी गर्नुभएको छ ।  राष्ट्रिय सभाको बिहीवारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले तीन खम्बे अर्थनीतिमा सहकारी, सरकारी र निजी क्षेत्रलाई समान ढंगले लैजानुपर्नेमा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन तथा सरकारी र सहकारी क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाउनु भयो । उहाँले अगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्र उत्साहित भएपनि उपेक्षित क्षेत्र निरुत्साहित भएको बताउनु भयो । बजेटमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिलाई ओझेलमा पारिएको समेत टिप्पणी गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images