संसदको गतिरोध अन्त्य गर्न प्रतिपक्षीहरुलाई जिम्मेवार बन्न एमाले प्रमुख सचेतक बर्तौलाको आग्रह

जेठ २२, २०८२ बिहीबार
संसदको गतिरोध अन्त्य गर्न प्रतिपक्षीहरुलाई जिम्मेवार बन्न एमाले प्रमुख सचेतक बर्तौलाको आग्रह

नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसदको गतिरोध अन्त्य गर्नका लागि प्रतिपक्षी दलहरुलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।  बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले प्रतिपक्षीको निरन्तरको अवरोधका कारण बजेटमाथिको बहस प्रभावित हुनुको साथै महत्वपूर्ण विधेयकहरु अघि बढाउन नसकिएको बताउनु भयो । संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको निजामति विधेयक पास गर्ने विषय पनि प्रतिपक्षीको अवरोधका कारण रोकिएको उहाँको भनाइ छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images