नेकपा (एकीकृत समाजवादी) ले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक पूर्वाग्रहबाट प्रतिशोध साँधेर मुद्दा दर्ता गरेको भन्दै आपत्ति जनाएको छ । पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीका पदाधिकारीसहितका नेताहरुसँगको छलफलपछि बोल्दै पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले षड्यन्त्रमुलक ढंगबाट अध्यक्ष नेपालमाथि प्रतिशोध साँधिएको बताउनुभएको हो । उहाँले आफूहरुको पार्टी सिध्यानका लागि पहिलादेखि नै प्रयास हुने गरेको उल्लेख गर्दै अहिले पार्टी अध्यक्षलाई षड्यन्त्रमुलक ढंगबाट मुद्दा दायर गरिएको बताउनु भयो । उहाँले षड्यन्त्रहरु पराजित गर्दै र प्रतिकार गर्दै अघि बढ्ने बताउनु भयो ।