राष्ट्रिय मान्यता प्राप्त नेपाल उसु महासंघ (एनडब्लुएफ) ले अन्तर्राष्ट्रिय मान्यता प्राप्तको नाममा देशको कानून विपरीत रहेको एक समूहले खेलाडीको भविष्यमाथि खेलिरहेको आरोप लगाएका छन् । शैलेष कर्माचार्य अध्यक्ष रहेको नेपाल उसु महासंघले अदालत र नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिष्द (राखेप) द्वारा अवैधानिक ठहर गरेको वीरबहादुर तामाङ नेतृत्व रहेको उसु महासंघले खेलाडीको करियरसँग खेलिरहेको आरोप लगाएको हो । शैलेष कर्माचार्य अध्यक्ष रहेको उसु महासंघले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै वीरबहादुर नेतृत्वको समूहको लापरवाहीका कारण एसिया कप उसु च्याम्पियनसिपमा नेपाली खेलाडी सहभागिता अनिश्चित बनेको आरोप लगाएको छ ।