‘संविधानमा महिला—पुरुषलाई समानताको रुपमा स्वीका ग¥यौँँ तर कानून निर्माणमा त्यस्तो देखिएन’

जेठ २३, २०८२ शुक्रबार
‘संविधानमा महिला—पुरुषलाई समानताको रुपमा स्वीका ग¥यौँँ तर कानून निर्माणमा त्यस्तो देखिएन’

सांसदहरुले बुबा र आमा दुवैलाई समानताको हक संविधानले सुनिश्चित गरेको भएपनि कानून निर्माणमा सम्बोधन हुन नसकेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।  शुक्रवार नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रश्तावकर्ता सदस्यहरुसँग छलफल सांसदहरुले यस्तो गुनासो गरेका हुन् । उनीहरुले यो विधेयकले विभेदको अन्त्य गर्नेगरी दुवैलाई समेटेर अघि बढ्न सक्नुपर्ने बताए । समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नागरिकता विधेयक आफैँमा निकै संवेदनशील भएको बताउँदै यसले नागरिकको पहिचान र अधिकार सम्पादन र सम्बोधन गर्ने बताउनु भयो । संविधानमा महिला पुरुषलाई समानताका रुपमा स्वीकार गरिएको भएपनि कानून निर्माण गर्दा बुबा र आमालाई समान ढंगले लिन नसकेको बताउनु भयो । उहाँले यो विभेदको अन्त्य गर्नेगरी यो कानूनलाई सम्पादन गर्नुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images