सरकारसँगको सहमतिबाट पछि नहट्न शिक्षकहरुलाई सांसद श्रेष्ठको आग्रह

जेठ २३, २०८२ शुक्रबार
सरकारसँगको सहमतिबाट पछि नहट्न शिक्षकहरुलाई सांसद श्रेष्ठको आग्रह

नेकपा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले सरकारसँग गरेको सहमतिबाट पछि नहट्न शिक्षकहरुसँग आग्रह गर्नुभएको छ ।  शुक्रवार काठमाडौंमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं वर्ष हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिक्षकहरुले लामो आन्दोलन गरेर सरकारसँग सहमति कायम गर्नुभएको बताउनु भयो । उहाँले पटक पटक गरिएका सहमति लागू हुन नसकेको भएपनि अहिले गरेका सहमति कार्यान्वयनमा लैजान जोड दिनुपर्ने बताउनु भयो । शिक्षकहरुका माग सम्बोधनका लागि आफ्नो तर्फबाट पूरा सहयोग रहने जिकिर गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images