जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएको प्रतिकुल असरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रश्तुत गर्ने ‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ले महत्वपूर्ण भुमिका खेल्ने सांसदहरुले विश्वास व्यक्त गरेका छ । शुक्रवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । सम्मेलन समयानुकुल रहेका उल्लेख गर्दै उनीहरुले स्थानीय तह र प्रत्यक्ष प्रभावित समुदायको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायरले हिन्दकुश हिमालय क्षेत्रमा रहेका आठ राष्ट्रहरूको साझा चासोलाई अन्तर्राष्ट्रिय समुदायसम्म सम्मेलन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।