संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति नीति चालु अधिवेशनबाटै पारित गर्ने बताउनुभएको छ । शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको समसामयिक र वर्तमान अवस्थालाई बोकेर हिँड्नसक्ने संस्कृति नीति सदनबाट पारित हुने बताउनु भयो । अभौतिक सम्पदाको संरक्षणका लागि भनेर संसदमा ऐन छलफलमा रहेको पनि उल्लेख गर्नुभयो ।