तरुण दलको केन्द्रिय तदर्थ समिति विघटनको माग गर्दै प्रदर्शन

जेठ २३, २०८२ शुक्रबार
तरुण दलको केन्द्रिय तदर्थ समिति विघटनको माग गर्दै प्रदर्शन

नेपाल तरुण दलको केन्द्रिय तदर्थ समिति विघटनको माग गर्दै तरुण दल आवद्ध युवाहरुले मोटरसाइकल र्यालीसहित काठमाडौंमा प्रदर्शन गरेका छन् । तदर्थ समितिको वैधानिकता सकिएको र वर्तमान समितिले महाधिवेशन गर्न नमिल्ने भन्दै उनीहरूले तरुण दल केन्द्रिय तदर्थ समिति भंग गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै तरुण दलका केन्द्रीय सदस्य रोजन राईले भ्रातृ संगठन तदर्थवादको नाममा एक दशकसम्म रहनुले आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको बताउनु भयो । उहाँले तदर्थ समिति बनेको तीन वर्ष भएपनि अध्यक्षले महाधिवेशन गर्ने कुनै क्रियाकलाप नगरेको आरोप लगाउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images