नेपालमा स्केचर्सको पहिलो स्टोर सञ्चालनमा, तीन सय भेराइटीका जुत्ता पाइने

जेठ २३, २०८२ शुक्रबार
नेपालमा स्केचर्सको पहिलो स्टोर सञ्चालनमा, तीन सय भेराइटीका जुत्ता पाइने

अमेरिकी बहुराष्ट्रिय फुटवियर कम्पनी स्केचर्सको स्टोर नेपालमा पनि खुलेको छ । शुक्रवार काठमाडौँको दरबारमार्गमा एक कार्यक्रमकाबीच स्केचर्स स्टोरको सञ्चालनमा आएको हो । स्केचर्सको यो नेपालको पहिलो एक्सक्लुसिभ स्टोर रहेको जनाइएको छ । स्कचर्सका केही सामानहरू बजारमा पाइए पनि यो नै नेपालको पहिलो एक्सक्लुसिभ स्टोरको लन्च गरिएको कम्पनीले जनाएको हो । स्केचर्स ब्राण्ड अमेरिकन कम्पनीको जुत्ताको लागि पपुलर छ । यो कम्पनीले सबै उमेर समूहको लागि जुत्ता बनाउने गरेको छ । अमेरिकासहितका विदेशी देशहरूमा पाउने जुत्ताहरू अब नेपालमै पाइने कम्पनीले जनाएको छ । दरबारमार्गस्थित स्केचर्सको स्टोरमा तीन सय भेटाइटीको जुत्ताहरू उपलब्ध हुनेछ । – न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images