ट्रम्प—मस्कबीच आर्थिक नीति र खर्च विधेयकमा एक अर्काको आलोचना

जेठ २४, २०८२ शनिबार
ट्रम्प—मस्कबीच आर्थिक नीति र खर्च विधेयकमा एक अर्काको आलोचना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलोन मस्कले ट्रम्प प्रशासनको व्यापक कर–कटौती र खर्च विधेयकलाई लिएर एकअर्काविरुद्ध तिखो टिप्पणी गरेका छन् । मस्कले प्रशासन छोडेको एक हप्तापछि यस्तो टिप्पणी आएको हो । यो कर–कटौती र खर्च विधेयकलाई सुन्दर विधेयकका रुपमा  ट्रम्प प्रशासनले लिँदै आएको छ । यो विधेयक ट्रम्पको मुख्य एजेन्डाको हिस्सा हो । यसमा विद्युतीय सवारी साधनका उपभोक्ताहरूका लागि कर क्रेडिट हटाउने, सीमा सुरक्षामा लगानी वृद्धि गर्ने र कर्पोरेट तथा व्यक्तिगत कर दरहरू घटाउने जस्ता आर्थिक उपायहरू समावेश छन् । मस्कले यो विधेयकको कडा आलोचना गर्दै आएका छन् । उनले सामाजिक सञ्जालमा यो विधेयकलाई घिनलाग्दो पोर्कको पहाडका रुपमा टिप्पणी गरे ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images