इरानका सर्वोच्च नेता अली खामेनीले कुनैपनि युरेनियम संवद्र्धनलाई निषेध गर्ने आणविक सम्झौताको लागि अमेरिकी प्रश्तावलाई अस्वीकार गर्नुभएको छ । युरेनियम संवर्धन तेहरानको आणविक कार्यक्रमको प्रमुख घटक भएको बताउनु भयो । उहाँले इस्लामिक गणतन्त्रका संस्थापक इमाम खोमेनीको निधनको ३६ औं वार्षिकोत्सवको सम्झनामा तेहरानमा आयोजित एक समारोहमा उक्त टिप्पणी गर्नुभयो ।