आईतवारको संसद बैठक सहज रुपमा सञ्चालन हुने सभामुख घिमिरेको संकेत

जेठ २४, २०८२ शनिबार
आईतवारको संसद बैठक सहज रुपमा सञ्चालन हुने सभामुख घिमिरेको संकेत

सभामुख देवराज घिमिरेले आईतवारदेखि संसद सञ्चालनमा आउने संकेत गर्नुभएको छ ।  न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सभामुख घिमिरेले आईतवारको संसद बैठक सहज रुपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभएको हो । सत्तापक्ष र प्रतिपक्षबीच संवाद बढेसँगै संसद गतिशील बनाउने सहमति नजिक पुगेको सभामुखको भनाइ छ । उहाँले सत्तापक्ष र प्रतिपक्षी दलका शिर्ष नेताहरुबीचको छलफलपछि संसद अवरुद्ध अवस्थाको अन्त्य हुने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images