पार्टी पदाधिकारीलाई शेखर कोईरालाको प्रश्नः महाधिवेशन किन समयमै नहुने ?

जेठ २४, २०८२ शनिबार
पार्टी पदाधिकारीलाई शेखर कोईरालाको प्रश्नः महाधिवेशन किन समयमै नहुने ?

नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले चार वर्षको समय सीमाभित्रै पार्टीको महाधिवेशन गर्न नसकेकोबारे पार्टी पदाधिकारीसँग जवाफ माग गर्नुभएको छ ।  शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मंसिरमा पार्टी महाधिवेशन गर्नबाट पछि हटेको आरोप लगाउँदै यसबारे पार्टी पदाधिकारीको जवाफ माग गर्नुभएको हो । उहाँले नेपाली काँग्रेसको विधानमा ४ वर्षमा गर्नुपर्ने प्रावधान रहेको बताउनु भयो । यस पटक के ले महाधिवेशन रोक्यो ? भन्दै प्रश्न गर्नुभयो । महाधिवेशन रोक्नुपर्ने कारण के हो ? भनेर कार्यकर्ताहरुले प्रश्न गर्न सक्नुपर्ने बतउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images