कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कार्यहरु वैज्ञानिक विधिहरुको प्रयोगबाट हुँदै आइरहेको बताउनुभएको छ । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले आम उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखी खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कार्यहरुलाई तिब्रता दिइएको बताउनुभएको हो । उहाँले स्वदेशमा उत्पादन हुने र आयात हुने खाद्य पदार्थहरुको कडाइका साथ जाँच र नियमन गर्न यसै वर्षदेखि मोबाइल ल्याब भ्यान परिचालन गरिएको जानकारी दिनुभयो ।