राष्ट्रिय सभाका सांसदहरूले देशमा खेतीयोग्य जमिन बाझिने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आईतवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उनीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् । समितिको बैठकमा नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद पौडेलले मुलुकमा खेतीयोग्य जमिन करिब ५९ लाख हेक्टर बाँझै रहेको बताउनु भयो ।