प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानको प्यारापिट निर्माणको काम असारभित्रै सक्नेगरी काम भइरहेको बताउनुभएको छ । आईतवार त्रिवी क्रिकेट मैदानको निरीक्षण गर्न पुग्नुभएका प्रधानमन्त्री ओलीले प्यारापिट निर्माण गर्ने पहिलो चरणको कामलाई भरसक असारभित्रै सिध्याउने गरी काम भइरहेको बताउनुभएको हो । उहाँले अहिले मैदानमा करिव डेढ सय जनशक्तिले काम गरिहरेको बताउनु भयो । फ्लड लाइटको काम पनि जारी रहेको बताउनु भयो । केही ढिला भएपनि नयाँ, ठूलो भव्य काम भइरहेको बताउनु भयो । यसले नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउन, खेलाडीहरुको मनोबल बढाउन र देशको पनि इज्जत, प्रतिष्ठा बढाउने बताउनु भयो । एउटै राम्रो क्रिकेट स्टेडियम छैन देशमा भन्ने ठाउँमा अब मैदान मात्रै नभइ स्टेडियमसहितको छ भन्ने ठाउँमा पुगेको बताउनु भयो ।