राष्ट्रिय सभा सदस्य बामदेव गौतमले समाजवाद घोषणा गर्न अब ढिला गर्न नहुने बताउनुभएको छ । आईतवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा समाजवाद घोषणा गर्ने समय भइसकेको बताउनु भयो । उहाँले समाजवादको बाटोमा हिँडे मात्रै समृद्ध बन्न सकिने जिकिर गर्नुभयो ।