प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले छिटै सदन चल्नेमा आफू आशावादी रहेको बताउनु भएको छ । आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस सभापति देउवासँगको भेटघाटपछि सबैमा लचकताको महशुस गरेको उल्लेख गर्दै समस्या समाधान गर्न माओवादी मात्र लचिलो भएर नहुने टिप्पणी गर्नुभयो । उहाँले भाषामा सहमति बनेपछि छिट्टै संसद चल्ने बताउनु भयो ।