संसदमा प्रतिपक्षीको अवरोध कायमै

जेठ २५, २०८२ आइतबार
संसदमा प्रतिपक्षीको अवरोध कायमै

भिजिट भिसा प्रकरणबारे छानविन गर्न उच्चस्तरी छानविन आयोग वा न्यायिक छानविनको माग गर्दै प्रतिपक्षी दलहरुले आईतवार पनि संसद अवारेध कायमै राखेका छन् ।  संसद बैठक शुरु भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)सहितका विपक्षी दलका सांसदहरुले उभिएर विरोध जनाएका हुन् । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणबारे छानविनलाई सघाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने माग राख्दै गत १३ जेठदेखि संसद अवरुद्ध पारेका छन् । —न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images