कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले देशभर अहिले पनि रासायनिक मलको सहज व्यवस्थापन हुन सक्ने अवस्था नरहेको बताउनुभएको छ । आईतवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको उपलब्ध रासायनिक मलले सम्भावना सहज व्यवस्थापन हुन नसक्ने बताउँदै बजारमा १३ लाख टन मल आवश्यकता रहेको बताउनु भयो ।