नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसदको गतिरोध अन्त्य गर्नको लागि सत्तापक्ष र प्रतिपक्षबीच सकारात्मक संवादहरु भएको बताउनुभएको छ । आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताउनुभएको हो । उहाँले प्रतिपक्षीले अघि सारेका मागहरु कुनैपनि हालत पूरा गर्न नसकिने पनि दोहोर्याउनु भयो । संसदलाई सुचारु गरेर जानुपर्छ भन्ने ठाउँमा प्रतिपक्षहरु पुगेको उल्लेख गर्दै उहाँले छिट्टै संसद खुल्ने बताउनु भयो ।