जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा हिमानी ट्रस्टले बनाउन लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यास गरिएको छ । रोल... पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहले सुत्केरी सेवा केन्द्रको शिलान्यास गर्नुभएको हो । सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि शनिवार पूर्वयुवराज्ञी शाह छोरा हृदयेन्द्रसहित जुम्ला पुग्नुभएको थियो । जुम्ला विमानस्थलमा उहाँलाई स्थानीयवासीले स्वागत गरेका थिए । हिमानी ट्रस्टले सामाजिक सेवाअन्तर्गत सुत्केरी सेवा केन्द्र बनाउन लागेको हो । उक्त क्षेत्रमा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ बनाउने दिशातर्फ सार्थक बतनाउने विश्वास रहेको छ ।