यु १४ राष्ट्रिय विद्यालय खेलकुद शुरु

जेठ २५, २०८२ आइतबार
यु १४ राष्ट्रिय विद्यालय खेलकुद शुरु

प्रतिभावान युवा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरूप शुरु गरिएको यु–१४ राष्ट्रिय विद्यालय खेलकुदको आइतबार औपचारिक रूपमा शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा युवा प्रतिभालाई प्रोत्साहन गर्न कुल ६ खेल सम्मिलित यु–१४ राष्ट्रिय विद्यालय खेलकुदको शुरुवात भएको हो । पाँच दिने प्रतियोगिताको पहिलो दिन ६ वटै खेल विधाको प्रतिस्पर्धा भयो । ६ खेलमध्ये एथ्लेटिक्सको पहिलो दिन १२ स्वर्णमा ६ स्वर्ण पदकको टुङ्गो लाग्यो । दशरथ रंगशालामा नै भएको रग्बी खेलको लिगचरण भैरहेका छन् । पहिलो दिन लिग चरणका १२ खेल सम्पन्न भए । अन्तिम दिन सोमबार लिगसहित १४ खेल हुनेछन् । टेबल टेनिसमा भने छात्र र छात्रामा क्वार्टरफाइनल र डबल्समा फाइनलसम्मको टुङ्गो लागेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images