आईतवार लस एन्जलसको डाउनटाउनमा २ सय भन्दा बढी प्रदर्शनकारीहरूले क्यालिफोर्नियामा सप्ताहान्तमा भएका आप्रवासन छापामारीविरुद्धको नवीनतम प्रदर्शनको क्रममा राष्ट्रिय गार्ड सैनिकहरूसँग झडप भएको छ । घटनास्थलमा राष्ट्रिय गार्ड सैनिकहरू, आप्रवासन र भन्सार सेवा र गृह सुरक्षा विभागका एजेन्टहरूले भीडलाई तितरबितर गर्न बारम्बार अश्रुग्यास र धुवाँ ग्रेनेड प्रहार गरेका थिए । भिडन्तको क्रममा केही प्रदर्शनकारी र पत्रकारहरू घाइते भएका छन् । आफूहरुले शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न चाहेको भएपनि ट्रम्प प्रशासनले लड्न सैनिकहरू पठाएको बताए । भिडन्त भएको केही समयपछि, क्यालिफोर्निया गभर्नर ग्याविन न्यूजमले प्रदर्शनकारीहरूलाई शान्त रहन आग्रह गरेका छन् ।