अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौं आइपुगे

जेठ २६, २०८२ सोमबार
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका नेपालीहरु काठमाडौं आइपुगेका छन् ।  आईतवार राति त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनीहरु नेपाल आइपुगेका हुन् । अध्यागमन कानून उल्लंघन गरेको भन्दै अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपालीलाई गतराति काठमाडौं ल्याएर छोडेको हो । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएको थियो । अमेरिकाले पछिल्लोपटक डिपोर्ट गरेका ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ । —न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images