नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले रिटर्नीहरू (विदेशबाट फर्किएका नागरिक) प्रति राज्यले अपेक्षित सम्मान र सहयोग नदेखाएको बताउनुभएको छ । माओवादी निकट रिटर्नी सेन्टरको स्थापना दिवसको अवसरमा सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राज्यले रिटर्नीहरूको भावना र योगदानको कदर गर्न नसकेको बताउनुभएको हो । माओवादी नेतृत्वको सरकारले रिटर्नीहरूका लागि विशेष प्याकेज कार्यक्रम अघि सारेको भएपनि सरकार परिवर्तनपछि उक्त कार्यक्रमको बजेट अन्यत्र सारिएको जानकारी आफूले पाएको दाबी गर्नुभयो ।