जनताप्रति सबै राजनीतिक दलको उत्तरदायित्व बराबर हुन्छः काँग्रेस सांसद भट्ट

जेठ २६, २०८२ सोमबार
जनताप्रति सबै राजनीतिक दलको उत्तरदायित्व बराबर हुन्छः काँग्रेस सांसद भट्ट

नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले सरकार र जनप्रतिनिधिप्रति आशाको दृष्टि राख्ने जनताप्रति सबै राजनीतिक दलको उत्तरदायित्व बराबर हुने बताउनुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टले मनसुन शुरु भइरहेको र बाढी,पहिरो आउन थालिसकेको अवस्थामा बजेट पास नहुँदा जनताप्रतिको उत्तरदायित्वबाट विमुख हुनुपर्ने अवस्था आउने बताउनुभएको हो । उहाँले जतिसुकै आदर्शका कुरा गरेपनि आपूmले गरे ठिक अर्काले गरे बेठिक हुने भनेर अगाडि बढ्दा गन्तव्यमा पुग्न नसकिने स्पष्ट पार्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images