नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले पुँजीगत खर्च गर्ने क्षमता प्रदेश र स्थानीय तहमा भएको बताउनुभएको छ । सोमवार नेपाली काँग्रेस नीति तथा योजना विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै सांसद निधीले संघीय सरकारको तुलनामा प्रदेश र स्थानीय तहका सरकारसँग पुँजीगत खर्च गर्ने क्षमता भएको बताउनुभएको हो । उहाँले पुँजीगत खर्च गर्ने क्षमता भएका प्रदेश र स्थानीय सरकारलाई दिइँदै आएको अनुदान रोक्न र घटाउन नहुने बताउनु भयो ।