नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले भिजिट भिसामार्फत हुने गरेको मानव तस्करीको समस्या समाधान गर्नेमा सत्ता र प्रतिपक्षी दलहरु एक ठाउँमा रहेको बताउनुभएको छ । सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद बस्नेतले यस्तो बताउनुभएको हो । भिजिटि भिसाको विषयमा रहेका समस्याहरूको तत्कालीन र दीर्घकालीन समस्याको समाधान गर्ने कुरामा विमति नभए पनि कसले गर्ने भन्ने कुरामा सहमति नहुँदा संसदको गतिरोध अन्त्य हुन नसकेको बताउनु भयो । उहाँले भिजिट भिसा प्रकरणको बारेमा मङ्गलवार घनिभूत रूपमा छलफल गर्ने र बुधवारदेखि संसद खुलाउने गरी सत्तापक्ष र प्रतिपक्षीबिच छलफल भएको समेत बताउनु भयो । बुधवारदेखि संसदको गतिरोध अनत्य हुने उहाँको विश्वास छ ।